समाज


तिनाउ खोलामा बेपत्ता भारतीय किशोरको शव भेटियो

तिनाउ खोलामा बेपत्ता भारतीय किशोरको शव भेटियो

फाइल तस्बिर: तिनाउ खोलाको ड्या


नेपालखबर
जेठ १०, २०८२ शनिबार ९:३२, काठमाडौँ

पाल्पाको तिनाउ गाउँपालिका-३ स्थित तिनाउ खोलाको ड्यामसाइडमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका भारतीय किशोरको शव फेला परेको छ। 

खोजीका क्रममा नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले  १८ वर्षीय सोयव अन्सारीको शव भेट्टाएको हो। 

अन्सारी यही जेठ ८ गतेदेखि नदीमा हराइरहेका थिए।

भारतको नौतुना घर भएका अन्सारी नेपाल भ्रमणका लागि आएका थिए। 

उनको शव नेपाली सेना र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस बुटलबाट सशस्त्र प्रहरी नायब निरीक्षकको कमान्डमा खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौजले जेठ ९ गते दिउँसो करिब पौने ३ बजे फेला पारेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad