राजनीति


कार्यालय सहयोगीदेखि मुख्यसचिवसम्मको चित्त बुझ्नेगरी निजामती विधेयक आउन सक्दैन : सभापति खतिवडा

कार्यालय सहयोगीदेखि मुख्यसचिवसम्मको चित्त बुझ्नेगरी निजामती विधेयक आउन सक्दैन : सभापति खतिवडा

नेपालखबर
जेठ ८, २०८२ बिहिबार १६:४०, काठमाडौँ

राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले निजामती सेवा विधेयकमा कार्यालय सहयोगीदेखि मुख्यसचिवसम्मको चित्त बुझाउन नसकिने बताएका छन्।

सिंहदरबारमा बिहीबार सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले जिरो तहदेखि १५ औं तहका कर्मचारी सबैको चित्त बुझ्नेगरी आउन विधेयक आउन नसक्ने प्रष्ट पारे।

आजै निजामती सेवा विधेयकमा राखिएको ‘कुलिङ पिरियड’ राख्न नहुने माग गर्दै मुख्यसचिव एकनारायण अर्याल र संघीय संसद सचिवालयका महासचिवसहितको टोलीले राष्ट्रिय सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाललाई भेटेको थियो। 

भेटबारे टिप्पणी गर्दै सभापति खतिवडाले निजामती विधेयक भनेको कर्मचारीको संविधान भएको बताए। स्वार्थको द्वन्द्वका कारणले मुख्यसचिव, सचिवहरु आफैँले गरेको निर्णय उल्ट्याउन अर्को ठाउँ गएको उदाहरण धेरै रहेको उनको टिप्णी छ।

‘एउटा निजामती सेवाको कार्यालय सहयोगीदेखि मुख्यसचिवसम्म जिरो तहदेखि १५ औं तहका कर्मचारीहरुसँग सबैको चित्त बुझ्नेगरी आउन सक्दैन,’ खतिवडाले भने, ‘निजामती विधेयक भनेको कर्मचारीको संविधान हो। यो विधेयक बनाउने काम, संवैधानिक असंवैधानिक के हो भनेर हेर्ने जिम्मा तपाईं र मेरो होइन, त्यसकै फरक निकाय छ।’

उनले थपे, ‘कुलिङ पिरियडको जुन चर्चा छ। कतिपय स्वार्थको द्वन्द्वका कारणले सचिवहरु हुने, मुख्यसचिवहरु आफैँले गरेको निर्णय उल्ट्याउन अर्को ठाउँ गएको उदाहरण धेरै छन्। हामीले कोही कर्मचारी अविश्वास गरेको होइन। उहाँहरु ३० वर्षसम्म सेवा गर्नुभएको छ। ३० वर्षपछि २ वर्ष फ्रेस हुनुहोस्।’

उनले अघिल्लो दिन सेवानिवृत्त भएर भोलिपल्ट नियुक्ति हुनका लागि  विभिन्न ठाउँमा जाने कुरा उचित नभएको समेत बताए। खतिवडाले भने, ‘अघिल्लो दिन भोलिपल्ट नियुक्ति हुनका लागि त्यो ठाउँमा जाने र नेतृत्वसँग नचाहिँदो नेक्सेस कायम गरेर स्वार्थको द्वन्द्व बाझिने गरी फाइदा लिने काम राजनीतिक नेतृत्वले पनि निजामतिले पनि गर्ने भयो भने हाम्रो परिकल्पना गरेको संघीयतासहितको संविधान कहाँ जान्छ भन्नेकुरा हो।’

सभापति खतिवडाले समितिबाट पारित भएको निर्णयमा समिति अडिग रहेको र छिटो भन्दा छिटो विधेयक सदनमा लैजाने पक्षमा रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad