नेकपा एमाले सांसद गोकुलप्रसाद बाँस्कोटाले पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अध्ययन उपसमितिको प्रतिवेदन अपूरो भएको बताएका छन्।
बुधबारको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले प्रतिवेदनमा आफ्नो फरक मत नभइ पूरक मत भएको बताए।
सांसद बाँस्कोटाले प्रतिवेदन बनाउन धेरै मेहनत भएपनि अपूरो रहेको जिकीर गरे।
उनले विमानस्थलको सम्झौता, ह्याण्ड्ओभर, चाभी हस्तान्तरणबारे पनि अध्ययन जरुरी रहेको बताए। अझै राम्रोसँग अध्ययन जरुरी रहेको उनको भनाई थियो।
उनले भने, ‘हामीले जति तथ्यांक पत्ता लगाउन सक्थ्यौँ, त्यो तथ्यांकहरु त्यसरी गएन। यो विषयमा छानबिन हुनुपर्छ। तर छानबिन के पत्ता लगाउने भनेर गर्ने भन्दा पनि के रहेछ भनेर गर्नुपर्छ। यसमा आएका कुराहरु संयोजकज्यूले प्रतिवेदन बुझाएकै दिन मिडियाका साथीहरूले सोध्नुभएको थियो। यसमा सबै छ तर केही पनि छैन। त्यो पनि भनेको हो।’
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबारे थप अध्ययन जरुरी रहेको बताए।
Shares

प्रतिक्रिया