समाज


बसको ठक्करले ४ वर्षकी बालिकाको ज्यान गयो

बसको ठक्करले ४ वर्षकी बालिकाको ज्यान गयो

नेपालखबर
जेठ ७, २०८२ बुधबार १५:१६, काठमाडौँ

गोरखामा बसको ठक्करले ४ वर्षकी बालिकाको ज्यान गएको छ। गोरखा नगरपालिका-४ फिनाम चोकमा गोरखाबाट आरुघाटतर्फ गइरहेको ग २ ख ९२५ नम्बरको बसको ठक्करले स्थानीय सुविना सुर्खेतीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।  
 
बुधबार दिउँसो सवा १ बजे बसबाट ओर्लीने क्रममा सोही बसको ठक्करबाट बालिकाको घटनास्थलमै मृत्यु भएको हो। प्रहरीका अनुसार घटनामा परेर बालिकाकी आमा २० वर्षकी बिनाता सुर्खेती भने गम्भीर घाइते भएकी छिन्।

आमा बिनिता सुखेर्तीको प्रदेश अस्पताल गोरखामा उपचार भइरहेको छ।  
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad