राजनीति


रेशम चौधरी र सीके राउतबीच छलफल भएपछि मात्रै एकता प्रक्रिया अघि बढ्छ: रञ्जिता श्रेष्ठ

रेशम चौधरी र सीके राउतबीच छलफल भएपछि मात्रै एकता प्रक्रिया अघि बढ्छ: रञ्जिता श्रेष्ठ

नेपालखबर
जेठ ६, २०८२ मंगलबार १५:१४, काठमाडौँ

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीका संरक्षक रेशम चौधरी र जनमत पार्टीका अध्यक्ष सीके राउतबीच छलफलपछि मात्रै एकता प्रक्रिया अघि बढ्ने बताएकी छिन्। 

मंगलबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष श्रेष्ठले रेशम चौधरी र सीके राउत आ–आफ्नै पार्टीका कार्यक्रममा व्यस्त रहेकाले छलफल हुन नसकेको दाबी गरिन्। 

एकताका विषयमा दुई पार्टीबीच कुनै विवाद नरहेको उनले बताइन् । पार्टी एकतापछि चौधरी संरक्षक, राउत अध्यक्ष र आफू सह–अध्यक्षको भूमिकामा रहने यसअघि नै सहमति भएको उनले उल्लेख गरिन्। 

वैशाख १७ गते रेशम चौधरी पक्राउको घटना र आफ्नो स्वास्थ्य अवस्थाले पनि एकतामा केही ढिलाइ भएको उनले जानकारी दिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad