राजनीति


सुमनाले सोधिन्: मिटरब्याजपीडितले न्याय कहिले पाउँछन्?

सुमनाले सोधिन्: मिटरब्याजपीडितले न्याय कहिले पाउँछन्?

नेपालखबर
जेठ ६, २०८२ मंगलबार १३:२६, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले मिटरब्याजपीडितले न्याय पाउन नसकेको भन्दै सरकारको आलोचना गरेकी छन्।  प्रतिनिधिसभाको मंगलबारको बैठकमा उनले गौरीबहादुर कार्कीको सुझाव र तेजबहादुर्र कार्की नेतृत्वको आयोगले बनाएको कार्यविधि स्वीकृत गरेर कार्यान्वयन नगर्दा पीडीतले न्याय नपाएको भन्दै सरकारको आलोचना गरेकी हुन्। 

उनले उक्त कार्यविधि स्वीकृत गरे मात्रै पनि ८० प्रतिशत समस्या समाधान हुने बताइन्।   

‘मिटरब्याज पीडितले कतिञ्जेल आन्दोलन गरिरहने? आयोगमाथि आयोग थप्ने र पीडितको समस्या गिजोल्ने राज्यको नियत के हो? हिजो भएको छलफलमा आयोगका अध्यक्षले पीडितले भनेजस्तो काम गर्न नसक्ने बताएका छन्,' उनले भनिन्, 'यसअघिको आयोगलाई असहयोग गरियो, असफल बनाइयो। अहिले कामचलाउ प्रतिवेदन लेख्न अर्को आयोग गठन भयो। पीडितले भेट्न जाँदा सिंहदरबार प्रवेशमा निषेध छ। मिटरब्याज पीडितको समस्या यसरी समाधान हुँदैन,’ उनले भनिन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad