राजनीति


विकास निर्माणको अनुगमनसँगै जनतासँग जोडिन अभियान सञ्चालन : प्रचण्ड

विकास निर्माणको अनुगमनसँगै जनतासँग जोडिन अभियान सञ्चालन : प्रचण्ड

नेपालखबर
जेठ ६, २०८२ मंगलबार १३:४, काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको सुझाव र आलोचना गम्भीर रूपमा ग्रहण गर्दै पार्टीलाई अघि बढाइरहेको बताएका छन्।

प्रचण्ड नेतृत्वको मध्यपहाडी लोकमार्ग जनसंवाद अभियान टोलीले जाजरकोट सदरमुकाममा मंगलबार आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा उनले पार्टीलाई जनतासँग जोड्ने अभियान चलाएको बताए। 

माओवादीले अघि सारेका विकास निर्माणका परियोजनाको अवस्थाको अनुगमन पनि अभियानको अर्को उद्देश्य भएको जानकारी उनले दिएको अध्यक्ष प्रचण्डको निजी सचिवालयले जनाएको छ। 

कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दल, कर्मचारी, पत्रकार, नागरिक समाजका प्रतिनिधिहरुको सहभागिता थियो। जाजरकोटमा भेरी करिडोर, मध्यपहाडी लोकमार्ग, लुम्बिनी–रारा लोकमार्गजस्ता विकास आयोजना अघि बढेका, गाउँगाउँमा सडक पुगेको, तर नलगाड जलविद्युत् आयोजनाको काम अझै रोकिएको भन्दै त्यसलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइएको थियो। 

प्रचण्डले जनताका सुझावलाई पार्टीले गम्भीरतापूर्वक लिएको बताए। जाजरकोट भूकम्पबाट प्रभावित भएकालाई यथोचित राहत सहयोग उपलब्ध गराउन उनले सरकारको ध्यानाकर्षण गरे। साथै उनले संघीयताको मर्मअनुसार अधिकार प्रत्यायोजन हुन नसकेको जनगुनासोलाई सम्बोधन गर्दै संघीयताको प्रभावकारिता बढाउन सरकारलाई आग्रह गरे।रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad