राजनीति


स्वास्थ्यकर्मीलाई उच्च मनोबलका साथ काम गर्न आग्रह

स्वास्थ्यकर्मीलाई उच्च मनोबलका साथ काम गर्न आग्रह

नेपालखबर
चैत २२, २०७६ शनिबार १०:२४,

प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले कोभिड–१९ सङ्क्रमण रोकथाममा खटिएका स्वास्थ्यकर्मीलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गरेका छन्।

बाँकेमा कोरोना भाइरसको संक्रमण रोकथामका लागि गरिएको तयारी र अवस्थाबारे शनिबार नेपालगञ्जस्थित भेरी अस्पतालमा जानकारी लिँदै मन्त्री बरालले यो अकल्पनीय विपद्को बेला स्वास्थ्यकर्मीले उच्च मनोबलका साथ आफ्नो योगदान गर्नुपर्नेमा जोड दिए।

उनले कोरोना भाइरसको संक्रमण रोकथामका लागि प्रदेशका स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीलाई आवश्यक सामग्री र उपकरणसहितको सेवा सुविधा प्रदान गर्न लागिपरेको बताउँदै न्यूनतम आवश्यक सामग्री व्यवस्था भइसकेको दाबी गरे।

कोरोना भाइरसको संक्रमण रोकथामका लागि प्रदेश सरकारले उच्च सावधानीपूर्वक काम गरिरहेको बताउँदै भने, ‘प्रदेश ५ सरकारले दाङको बेलझुण्डी आयुर्वेद अस्पताल, भैरहवा अस्पताल, बुटवलको प्रादेशिक अस्पताल र बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई आइसोलेसन अस्पतालका रुपमा स्थापना गरिसकेका छौँ, नपुगे मेडिकल कलेजका शिक्षण अस्पताललाई पनि खाली गरेर आइसोलेसनका रुपमा प्रयोग गरिनेछ।’

बाँकेमा कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि गरिएको तयारी र अवस्थाबारे नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगर, बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का र स्वास्थ्य कार्यालयका प्रमुख धीरजंग शाहले मन्त्री बराललाई जानकारी गराएकी थिइन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad