राष्ट्रपति रामचन्द्र पौडेलले कर्णाली प्रदेश प्रमुखको जिम्मेवारी नजिर मियाँलाई दिएका छन्।
कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशी यही जेठ ५ देखि १३ गतेसम्म संयुक्त राज्य अमेरिकामा निजी भ्रमणमा जाने भएको हुँदा उनको अनुपस्थितिमा प्रदेश प्रमुखको कार्यभार सुदूरपश्चिम प्रदेशका प्रमुख मियाँलाई तोकिएको हो।
नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिस बमोजिम राष्ट्रपतिले उक्त जिम्मेवारी दिएका राष्ट्रपति कार्यालयले जनाएको छ।
495
Shares

प्रतिक्रिया