कोशी


कोसी सरकारको नीति तथा कार्यक्रम सार्वजनिक, यस्तो छ लक्ष्य

कोसी सरकारको नीति तथा कार्यक्रम सार्वजनिक, यस्तो छ लक्ष्य

नेपालखबर
जेठ ५, २०८२ सोमबार १५:५५, विराटनगर

कोसी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ। आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि प्रदेश सरकारको तर्फबाट कोसी प्रदेश प्रमुख परशुराम खापुङले  कोसी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।

कोसी प्रदेश सभाको सातौँ अधिवेशनको दोस्रो बैठकमा सोमबार सार्वजनिक भएको नीति तथा कार्यक्रममा प्रदेश संरचनाको महत्त्व र आवश्यकतालाई केन्द्रमा राखी सङ्घीय व्यवस्थालाई सुदृढ गर्ने मुख्य लक्ष्य लिएको छ।

आन्तरिक राजश्वको दायरा विस्तार गरी वित्तीय सुशासनकोलागि श्रोतको दिगो व्यवस्थापन गर्न नीतिगत एवम् संस्थागत सुधार गर्ने नीति तथा कार्यक्रमको मुख्य उद्देश्य रहेको प्रदेश प्रमुख खापुङले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

भौतिक पूर्वाधार, कृषि, सूचना प्रविधि लगायत अन्य पूर्वाधार र  नीतिगत संरचना निर्माणलाई उच्च प्राथमिकता दिई प्रदेशको दिगो विकासमा जोड दिने भनिएको छ।  

प्रदेश लगानी सम्मेलनका उपलब्धिलाई संस्थागत गर्दै सार्वजनिक निजी सहकारी साझेदारी तथा निजी अवधारणामा परियोजना विकास र निर्माण गर्न संस्थागत एवम्  नीतिगत सुधारमा जोड दिने उल्लेख गरिएको छ।

कोसी पर्यटन वर्ष २०८२ लाई पर्यटन विकासको आधार वर्षको रूपमा लिई नीतिगत, संरचनागत, पर्यटन पूर्वाधार विकास एवम् प्रवर्द्धन गर्दै राष्ट्रिय पुँजीको रूपमा विकास गर्ने लक्ष्य सहितको नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो।

प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा शासकीय सुधारमा जोड दिइने भनिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad