स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले सत्तारुढ दलहरू नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा रानामगरलाई जेठ महिनाभित्र हटाउन खोजिरहेको बताएका छन् ।
प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले जनजाति महिला भएकै कारणले उपसभामुख राना मगरलाई हटाएर कांग्रेसका सांसदलाई उपसभामुख बनाउने तयारी गरिएको बताए।
'एउटा जनजाति महिलाको पदको बलिदान कुरा हुँदैछ,' उनले भने, 'कांग्रेसलाई मधेशी जनजातीको बीचमा जानुछ कि छैन? मधेशीलाई सचिव बनाउन नदिने? कांग्रेसको सभापतिले कसम खाएको छ। म सभापति हुन्जेल कांग्रेस नाश गर्छु। हिजोको दिनमा राजालाई बुझाएको आज एमालेलाई बुझाउने।'
उनले जनजाति भएकै कारण नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाइएको, जनजाति भएकै कारण ऊर्जा जलस्रोत तथा सिँचाइ राज्यमन्त्री कान्छाराम तामाङलाई हटाइएको र मधेसी भएको कारणले डा.सङ्गीता मिश्रलाई सिनियर भएर पनि स्वास्थ्य सचिव नबनाएको बताए। उनले कांग्रेसलाई जनजाति, मधेसी थारु विरोधी भएको आरोपसमेत लगाए।
उनले ०८४ को चुनावमा कांग्रेसलाई भोट नदिन पनि आग्रह गरे। '०८४ चुनावमा आउँदा आफ्नो आफ्नो दरबाजाबाट डाँडा कटाउनू। किनकी कांग्रेस मधेसी, जनजाति, थारु, मुस्लिम, महिला विरोधी हो' उनले भने।
Shares

प्रतिक्रिया