काठमाडौँको मखन आगलागीको कारण पत्ता लगाउन छानबिन समिति गठन गर्न काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले निर्देशन दिएकी छिन्।
प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई आइतबार निर्देशन दिँदै उनले भनिन्, ‘वैशाख ३१ गते मखनमा आगलागी हुँदा ३ वटा घर जले। दमकल स्टेशनबाट २ मिनेटभित्र दमकल पुग्न सक्ने ठाउँको आगो नियन्त्रणमा लिन किन समय लाग्यो? यसमा के समस्या थियो? के कारण थियो? कसको लापर्वाही थियो? जसका कारण आगो सल्किएको घरबाट नजिकका २ वटा घरमा आगो फैलिएर क्षति भयो। यसको छानविन हुनुपर्छ। सत्य पत्ता लगाएर आउँदा दिनमा यस प्रकारका कमजोरी हुन दिनुहुँदैन।’
दयाराम श्रेष्ठको घरबाट आगो बल्न सुरु आगो फैलिएर छिमेकी रुकेश श्रेष्ठको पाँचतले घर, कैलाश श्रेष्ठ र विकास श्रेष्ठको घरमा पनि क्षति भएको थियो। आगगालीका कारण आएको धुँवामा निस्सासिएर एक जना ज्येष्ठ महिलाको मृत्यु भएको थियो। त्यसलगत्तै उपप्रमुख डंगोल र वडाध्यक्ष विनोदकुमार राजभण्डारीले घटनाको अनुगमन गरेका थिए।
Shares

प्रतिक्रिया