समाज


मनसुन अगावै एसियन हाइवे ‘डाइभर्सन’को काम ‍सक्न निर्देशन

मनसुन अगावै एसियन हाइवे ‘डाइभर्सन’को काम ‍सक्न निर्देशन

फाइल तस्बिर


नेपालखबर
जेठ ३, २०८२ शनिबार ९:२२, झापा

मनसुन सुरु हुनु अगावै पूर्वपश्चिम राजमार्गको पूर्वीखण्डमा निर्माणाधीन एसियन हाइवेको डाइभर्सनको काम सम्पन्न गरिसक्न काँकडभिट्टा–लौकही सडक योजना कार्यालय (पूर्वी खण्ड) दमकले निर्देशन दिएको छ ।

एशियाली विकास बैंकको सहयोगमा रु। १० अर्बको लगानीमा एसियन हाइवेको स्तरोन्नति भइरहेको छ । निर्माण सम्बन्धी ठेक्का लिएको निर्माण कम्पनीलाई डाइभर्सनको काम चाँडो सक्न आज पत्राचारमार्फत निर्देशन दिइएको कार्यालयका आयोजना प्रमुख ई। सुनिलबाबु पन्तले बताए।

मनसुनी वर्षा सुरु भएपछि सडक निर्माणका क्रममा बनाइएका डाइभर्सन बाढीले बगाएर यातायात समेत अवरुद्ध हुनसक्ने जोखिम बढेकाले डाइभर्सनको काम छिटोभन्दा छिटो सम्पन्न गर्न आवश्यक रहेको उनको भनाई छ।

‘डाइभर्सन बनाइएका स्थानमा खाल्डाखुल्डी भएकाले बर्षाको समयमा विपद् र दुर्घटना निम्तिने ठूलो जोखिम हुन सक्छ,’ उनले भने, ‘राजमार्गका साना पुल र कल्भर्टका काम चाँडो सकेर मुख्य राजमार्गबाटै यातायात सञ्चालन गर्नुपर्छ भनेर हामीले भनिरहेका छौँ।’

बर्खामा पूर्वपश्चिम राजमार्गमा आजतजावत नरोकिने गरी मुख्य सडकबाटै यातायात सञ्चालन गर्न सकिने वातावरण तयार पारिने जनाउँदै उहाँले निर्माणको ठेक्का लिएको निर्माण कम्पनीले गरिरहेको कामको प्रगति अनुगमन भइरहेको बताए। 

हालसम्म सडक निर्माणमा १९ प्रतिशत र पुल कल्भर्ट निर्माणमा १७ प्रतिशत मात्र भौतिक प्रगति भएको छ। निर्माणमा विलम्ब नगर्न पटकपटक पत्राचार गरिरहँदा समेत निर्माण कम्पनीको प्रगति सन्तोषजनक नरहेको उनले बताए।

सडक निर्माणमा ढिलासुस्ती भइरहेको र वर्षात्मा यातायात नै अवरुद्ध हुनसक्ने जोखिम बढेको भनेर जनगुनासो समेत आइरहेको छ। 

काँकडभिट्टा–लौकही सडक योजना कार्यालय (पूर्वी खण्ड) दमकका आयोजना प्रमुख पन्तले वर्षात्को अवधिमा राजमार्ग क्षेत्रमा कुनै समस्या आएमा र्यापिड रेस्पोन्स टोलीमार्फत तत्काल समस्याको निरुपण गर्ने तयारी रहेको बताए। उनले वर्षात्को समयमा पनि सडकको काम नरोकिनु जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad