राजनीति


नेपाल १० हजारसम्म शान्ति सैनिक खटाउन तयार

नेपाल १० हजारसम्म शान्ति सैनिक खटाउन तयार

नेपालखबर
जेठ २, २०८२ शुक्रबार १७:२१, काठमाडौँ

संयुक्त राष्ट्र संघको अनुरोधमा नेपाल आगामी दिनमा १० हजारसम्म शान्ति सैनिकहरु खटाउन तयार भएको छ।

रक्षामन्त्री मानवीर राईले जर्मनीको बर्लिनमा आयोजित यूएन पिसकिपिङ मिनिस्टरियल, २०२५ मा (मे १३–१४) संबोधन गर्दै आगामी दिनमा थप शान्ति सैनिक खटाउन तयार रहेको बताएका हुन्।

हाल विभिन्न ११ वटा शान्ति मिसनहरुमा ६ हजार बढी नेपाली शान्ति सैनिकहरु खटिएका छन्। अहिले सबैभन्दा बढी शान्ति सैनिक खटाउने राष्ट्र नेपाल हो।

संयुक्त राष्ट्र संघको आह्वानमा नेपालले सन् १९५८ देखि नै शान्ति सैनिकहरु खटाउँदै आएको छ। सम्मेलनमा मन्त्री राईले राष्ट्र संघीय शान्ति स्थापना कार्य अन्तर्गत उच्च नेतृत्व तहमा समेत रही काम गर्ने अवस प्राप्त गर्ने अपेक्षा राखेको बताए।

शान्ति मिसनमा महिलाहरुको सहभागीता बढाउने कुरामा पनि नेपालले उच्च महत्व र प्राथमिकता दिई कार्यन्वयन गर्दै आएको रक्षामन्त्री राईले बताए।

नेपाल र्‍यापिड डिप्लोयमेन्ट लेभल वर्कसप आयोजना गर्न समेत तयार रहेको बताएका छन्।

८० भन्दा बढी देशका रक्षा तथा परराष्ट्रमन्त्रीहरुको सहभागीता रहेको उच्चस्तरीय सम्मेलनमा मन्त्री राईले नेपालको तर्फबाट मन्तव्य राखेका थिए।

संयुक्त राष्ट्रसंघीय शान्ति मिसनहरुले विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकहरुमा शान्ति, सुरक्षा र मानवीय सहयताहरु सुनिश्चित गर्न महत्वपुर्ण भूमिका खेलिरहेको तथा नेपाली शान्ति सैनिकहरुले उल्लेख्य योगदान पुर्‍याएको बताए।

नेपालले संयुक्त राष्ट्रसंघको ट्रष्ट फन्डमा १६ हजार अमेरिकी डलर योगदान गर्ने पनि घोषणा गरेको छ।

यो फन्डबाट द्वन्द्वग्रस्त मुलुकहरुमा यौन शोषण र दुव्र्यवहारमा परेका पीडितहरुको लागि सहयोग गरिन्छ।

सोही अवसरमा रक्षामन्त्री राईले चीनका रक्षामन्त्री दोङ जुनसँग पनि शिष्टाचार भेटघाट गरेका छन्।

सम्मेलनमा जर्मनीका लागि नेपाली राजदूत डा. शैल रुपाखेती, संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि/राजदूत लोकबहादुर थापासहित प्रधानमन्त्री कार्यालय, परराष्ट्र, रक्षा र नेपाली सेनाका वरिष्ठ अधिकारीहरु सहभागी थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad