प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)ले भोलिदेखि मध्यपहाडी लोकमार्गकेन्द्रित अभियान सुरु गर्दै छ।
अभियानको सुरुवात गर्न बैतडीको पाटन जाने क्रममा बिहीबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कैलालीको चुरे गाउँपालिका, सहजपुरमा स्थानीयबासीसँग भेटघाट गर्नुका साथै ज्ञापनपत्र समेत बुझेका छन्।
भेटघाटका क्रममा स्थानीयले उठाएका मुख्य समस्याहरूमध्ये खानेपानी र सिँचाइ प्रमुख रहेको भएको र त्यसको समाधान गर्न सहयोग गर्ने उनले प्रतिबद्वता जनाए।
पार्टीका अन्य नेताहरुसहित त्यहाँ पुगेका प्रचण्डले स्थानीय जनताको माओवादीप्रतिको आकर्षण उल्लेखनीय रहेको बताए।
उनले भने, ‘तराईको अभियानले माओवादीप्रति जनतामा एउटा नयाँ उभार आएको छ। अबका दिनहरू माओवादी र, जनताको दिन हुनेछ।’
105
Shares

प्रतिक्रिया