राजनीति


धेरै बेरुजु देखिएको भन्दै एमाले सांसदले गराए संसद्को ध्यानाकर्षण

धेरै बेरुजु  देखिएको भन्दै एमाले सांसदले गराए संसद्को ध्यानाकर्षण

फाइल तस्बिर


नेपालखबर
जेठ १, २०८२ बिहिबार ११:२५, काठमाडौँ

सत्तारुढ नेकपा एमालेका सांसद ठाकुर गैरेले हिजो सार्वजनिक भएको महालेखका परीक्षकको प्रतिवेदनमा धेरै बेरुजु देखिएको भन्दै संसद्को ध्यानाकर्षण गराएका छन्।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यो प्रवृत्ति बढ्दै गए हामी कहाँ पुग्छौँ भन्ने यसले गम्भीर सन्देश दिएको समेत उल्लेख गरे।

‘आज सबै मुख्य सञ्चारमाध्यमहरुमा आर्थिक बेरुजुको विषयहरु प्रमुख विषय बनेका छन्, यो कुरा यही रुपमा बढ्दै जाने हो भने हामी कहाँ पुग्छौँ भन्ने यसले सन्देश दिएको छ,’ गैरले भने, ‘आज ७ खर्ब ३३ अर्ब १९ करोड ९ लाख रुपैयाँ यो देशको बेजुरु भएको छ।’

उनले थपे, ‘त्यसमा संघीय सरकार अन्तर्गत ४७ अर्ब ७४ करोड ९० लाख, प्रदेश सरकार अन्तर्गत ४ अर्ब २ करोड र स्थानीय तह अन्तर्गत २५ अर्ब ३२ करोड रुपैयाँ बेरुजी रहेको छ।’

यसले आर्थिक अनुशासन र कार्यक्षमतामाथि पनि प्रश्न उठाएको तर्क गरे। ‘यही तरिकाले हामी अगाडि बढ्दै जाने र यही अवस्थालाई हामीले बल दिँदै गर्ने हो भने हाम्रो अर्थतन्त्र, त्यसभित्रको हाम्रो आर्थिक अनुशासन र हाम्रो कार्यक्षमतामाथि यसले गम्भीर प्रश्न उठाएको छ,’ गैरेले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad