संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगले पूर्णता पाएको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग अध्यक्षमा ऋण असुली पुनरावेदन न्यायाधिकरणका पूर्वअध्यक्ष महेशकुमार थापा र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग अध्यक्षमा पूर्वमुख्यसचिव लिलादेवी गड्तौलालाई नियुक्त गरेको छ।
पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र नेतृत्वको सिफारिस समितिले पठाएका नाम मन्त्रिपरिषद्ले अनुमोदन गरको हो।
शान्ति प्रक्रियाको एउटा महत्त्वपूर्ण तर टुंग्याउन बाँकी नै रहेको संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगमा सत्तारुढ दुई दलले भागबन्डा गरेका हुन्।
थापा नेपाली कांग्रेस र गड्तौला नेकपा एमालेको तर्फबाट सिफारिस भएका हुन्।
संक्रमणकालीन न्यायका संयन्त्रका रूपमा सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग पहिलोपटक २०७१ मा स्थापना गरिएको थियो।
दुईपटक गठन गरिएका आयोग उजुरी संकलन गर्नमा मात्रै सीमित भएका थिए।
१. महेश थापा, अध्यक्ष
२. अच्युतप्रसाद भण्डारी, सदस्य
३. टीकाप्रसाद ढकाल, सदस्य
४. पदमबहादुर शाही, सदस्य
५. कुमारी कौशल्या ओझा, सदस्य
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग
१. लीलादेवी गड्तौला, अध्यक्ष
२. गोपालनाथ योगी, सदस्य
३. अग्निप्रसाद थपलिया, सदस्य
४. सिर्जना पोखरेल सिवाकोटी, सदस्य
५. विनिता नेपाली, सदस्य
Shares

प्रतिक्रिया