सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस गर्न बनाइएको सिफारिस समितिमा डा पोषराज पाण्डेलाई नियुक्त गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले रिक्त स्थानमा अर्थशास्त्री पाण्डेलाई नियुक्त गरेको एक मन्त्रीले नेपालखबरलाई जानकारी दिए।
यसअघि गठित समितिमा अर्थविद्का रुपमा सदस्य नियुक्त भएका विश्व पौडेलले राजीनामा दिएपछि उक्त स्थान रिक्त थियो।
गभर्नरका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पौडेलको नाम अघि सारेको चर्चा भएलगत्तै उनले सिफारिस समितिबाट राजीनामा दिएका थिए।
महाप्रसाद अधिकारीको कार्यकाल सकिएपछि गत चैत २५ देखि गभर्नर नियुक्त हुन सकेको छैन।
2.7k
Shares

प्रतिक्रिया