राजनीति


प्रतिनिधिसभामा अर्थमन्त्री नदेखेपछि माओवादीको नियमापत्ति

प्रतिनिधिसभामा अर्थमन्त्री नदेखेपछि माओवादीको नियमापत्ति

फाइल तस्बिर


नेपालखबर
बैशाख ३१, २०८२ बुधबार १३:१५, काठमाडौँ

प्रतिनिधिसभामाको बुधबारको बैठकमा विनियोजन विधेयकको सिद्धान्त र प्राथिमकतामाथि छलफल जारी छ। छलफलमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल उपस्थित नभएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले नियमापत्ति गरेको छ। 

माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले यसबारे नियमापत्ति जनाएका हुन्। 
'संसद्को नियमावली २०७९ को ६ को ५ मा संसद् बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथिमकतामाथि छलफल गर्दा मन्त्रीको उपस्थिति अनिवार्य हुनुपर्ने उल्लेख छ,' उनले भने, 'कुनै मन्त्रालयको छलफल हुँदा सम्बन्धित मन्त्रीसमेत अनिवार्य उपस्थित हुनुपर्नेछ। अहिले विनियोजन विधेयकको सिद्धान्त र प्राथिमकतामाथि छलफल गरिरहेका छौँ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री यहाँ हुनुपर्ने थियो। उहाँलाई उपस्थित गराएर सदनलाई अघि बढाउन अनुरोध गर्दै नियमापत्ति गरिरहेको छु।'

लगत्तै सभामुख देवराज घिमिरेले अर्थमन्त्री पौडेले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि नै राष्ट्रियसभाको छलफलमा गएको सूचना पाएको बताउँदै बैठक अघि बढाए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad