राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद रोशन कार्कीले नेपाल राष्ट्र बैंकको नेतृत्व महिलालाई दिन आग्रह गरेकी छन्।
प्रतिनिधि सभाको बुधबारको बैठकमा उनले लिलामी बढाबढमा गभर्नर पद तीन करोड नाघिसक्यो रे भन्दै कटाक्षसमेत गरिन्।
विगतमा महिला राष्ट्रपति, महिला प्रधानन्यायाधीश, महिला सभामुख पाउँदा उनीहरूको कार्यकाल सफल र प्रशंसायोग्य भएको समेत उनले दाबी गरिन्।
उनले कायममुकायम गभर्नर नीलम ढुंगानालाई नै गभर्नर बनाउन आग्रहसमेत गरिन्। 'कार्यवाहक गभर्नर नीलम ढुंगानालाई नै राष्ट्र बैंकको नेतृत्व दिऔँ, ५२ प्रतिशत महिलामाथि न्याय गरौँ,' उनले भनिन्, 'योग्य र अयोग्य मान्छे खोज्न नलागौँ। देशको स्थिति हास्यास्पद भइरहेको छ।'
पछिल्लो समय सत्तासाझेदार नेपाली कांग्रेस-नेकपा एमालेबीच गभर्नर नियुक्तिको विषयमा सहमति नजुट्दा नियुक्ति प्रक्रिया लम्बिरहेको छ।
Shares

प्रतिक्रिया