राजनीति


रवीन्द्र मिश्रसहित २६ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति

रवीन्द्र मिश्रसहित २६ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति

नेपालखबर
बैशाख ३०, २०८२ मंगलबार १८:२९, काठमाडौँ

रवीन्द्र मिश्रसहित २६ जनालाई थप ५ दिन हिरासतमा राख्न  अदालतले अनुमति दिएको छ।  जिल्ला न्यायाधीश खेमराज भट्टको इजलासले ४७ दिन हिरासतमा बसिसकेका मिश्रलाई अझै ५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। 

चैत १५ को तीनकुनेको राजावादीको हिंस्रक प्रदर्शनको नेतृत्वकर्ताहरू मिश्र, दुर्गा प्रसाईं, उसका सहयोगीहरू र शिव सेनाका अध्यक्ष अनिल बस्नेतसहितलाई राज्यविरुद्धको कसुरमा प्रहरीले अनुसन्धान गरिराखेको छ। ५ दिनअघि उनीहरूलाई आपराधिक उपद्रवको कसुरमा थालिएको छ।  

संगठित अपराधमा समेतको कसुरमा अनुसन्धान भइरहेकोले प्रहरीले ६० दिनसम्म हिरासतमै राखेर अनुसन्धान गर्न पाउँछ। 

अन्य ३४ जनामाथि पनि आपराधिक उपद्रव र संगठित अपराधको कसुरमा हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिराखेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad