कारोबार


टोयोटाले नेटा ईभीलाई एक्विजिसन गर्न लागेको चर्चा

टोयोटाले नेटा ईभीलाई एक्विजिसन गर्न लागेको चर्चा

नेपालखबर
बैशाख ३०, २०८२ मंगलबार १८:३२, काठमाडौँ

जापानी बहुराष्ट्रिय अटो निर्माता टोयोटाले चिनियाँ ईभी नेटालाई एक्विजिसन (प्राप्ति) गर्ने भएको छ। 

कुवाई टेक्नोलोजीको मे १२ को एक रिपोर्टले टोयोटाले नेटालाई एक्विजिसन गर्ने तयारी गरिरहेको बताएको हो। 

चिनियाँ ईभी निर्माता नेटालाई यसले जीवनदान प्राप्त हुने र चिनियाँ बजारमा टोयोटालाई पनि बजार पकड बलियो बनाउन मद्दत मिल्ने उक्त रिपोर्टमा उल्लेख छ। 

सन् २०१४ मा होजोन न्यु इनर्जी अटोले नेटा अटोको स्थापना गरेको थियो। सन् २०२४ को मध्ययता कम्पनी वित्तीय संकटमा रहेको छ। त्योसँगै उत्पादन रोकिएको छ भने धेरै कर्मचारीलाई विदा गरिएको कार न्युज चाइनाको रिपोर्टमा उल्लेख छ। 

वित्तीय संकट परेपछि कम्पनीले बाहिरबाट लगानी खोजिरहेको बताइएको छ। यस वर्ष फेब्रुअरी १० मा नेटाले ४ देखि साढे ४ अर्ब युआनबराबरको एक असफल ई–राउन्ड वित्तीय योजना सार्वजनिक गरेको थियो। त्यसमा मुख्य लगानीकर्ताको रुपमा एउटा ब्रिक्स राष्ट्रको ३ अर्ब युआन लगानीको प्रतिबद्धता आएको थियो तर त्यसले अपुग हुने भएपछि आउँदै आएन। 

जनवरीको सुरुतिर नेटाको तोङसिआङको कारखाना छोटो समयका लागि खुलेको थियो। तर उत्पादन पुनः सुरु भएन। कारण, पार्टपुर्जाकै अभाव देखियो। यसले आउनलागेका लगानीकर्ता पनि आएनन्। फलतः सम्झौता नै अन्त्य भयो। 

पछिल्लो अवस्थाले नेटाको मूल्यांकनमै ह्रास आएको बताइएको छ। कारन्युजचाइनाबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad