राजनीति


भारत-पाकिस्तान युद्ध रोक्न ओलीले कोसँग कुरा गरे भन्ने प्रस्ट पार्न रावलको माग

भारत-पाकिस्तान युद्ध रोक्न ओलीले कोसँग कुरा गरे भन्ने प्रस्ट पार्न रावलको माग

केपी शर्मा ओली र भीम रावलको फाइल तस्बिर


नेपालखबर
बैशाख ३०, २०८२ मंगलबार १४:२२, काठमाडौँ

भारत र पाकिस्तानबीच युद्धविराम गराउन आफ्नो पनि भूमिका रहेको भनी प्रधामन्त्री केपी शर्मा ओलीले गरेको दाबी खुलस्त पार्न मातृभूमि जागरण अभियानका संयोजक भीम रावलले माग गरेका छन्। 

भारत-पाकिस्तान युद्ध रोक्न कोसँग कुरा गरेको हो भनी खुलाउन रावलले प्रधानमन्त्री ओलीसँग अनुरोध गरेका हुन्। यो कुरा भन्न नसके एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्रीको दाबी हास्यास्पद र गैरजिम्मेवार ठहरिने टिप्पणी एमालेका पूर्वउपाध्यक्षसमेत रहेका नेता रावलले गरेका छन्। 

‘भारत र पाकिस्तानको युद्धविराममा प्रम केपीले ‘हामीले पनि कुरा गर्‍यौँ’ भन्नुभएको रहेछ। उहाँले कुन व्यक्तिसँग कुरा गर्नुभएको रहेछ? प्रस्ट गर्नुपर्‍यो’, रावलले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘नभए साे भनाइ हास्यास्पद र गैरजिम्मेवार ठहरिने छ। अन्य देशका नेताले भारत र पाकिस्तानका कोसँग के कुरा गरे, खुलस्त भनेका छन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad