समाज


मोरङको बालसुधार गृहबाट भागे बलात्कार अभियोगका तीन कैदी

मोरङको बालसुधार गृहबाट भागे बलात्कार अभियोगका तीन कैदी

नेपालखबर
बैशाख ३०, २०८२ मंगलबार १४:२६, काठमाडौँ

मोरङको विराटनगरस्थित बालसुधार गृहबाट तीन जना कैदी फरार भएका छन्। बलात्कार अभियोगमा दोषी ठहर भएर बालसुधार गृहमा कैद भुक्तान गरिरहेका तीन जना सोमबार फरार भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले बताए। 

नाबालिक बलात्कारको अभियोगमा उनीहरुलाई १० वर्षमाथि कैदको फैसला भएको थियो। त्यतिबेला नाबालक रहे पनि हाल उनीहरु १८ वर्ष पुगिसकेका थिए। फरार हुनेमा उदयपुर, झापा र तेह्रथुमका रहेका छन्। प्रहरीका अनुसार उनीहरुलाई बालसुधार गृहमा राखेपछि परिवार पनि भेट्न आएका थिएनन्। 

बालसुधार गृह र बालबालिका खोजतलास कार्यालयको बीच पर्खाल नहुँदा उनीहरु भाग्न सफल भएका थिए। प्रहरीको पनि कमजोरी भएको र यस विषयमा छानविन हुने डीएसपी जोशीले बताए। त्यहाँ हतियार बिनैका प्रहरी खटाइने गरिएको छ।  

यस्तै बालसुधार गृहमा पर्खाल पनि धेरै अग्लो लगाउन नपाइने नियम छ। यसले पनि उनीहरुलाई भाग्न मद्दत पुगेको छ। बाल सुधार गृह भनिए पनि त्यहाँ १८ वर्षमाथिका युवाहरुलाई पनि राखिने हुँदा थप असुरक्षित भएका छन्। 

प्रहरीले फरारको खोजी गरिरहेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad