राजनीति


दल सञ्चालन गर्ने बिचौलियाबीच कसलाई गभर्नर नियुक्ति गर्ने भनेर हानथाप छः स्वर्णिम

दल सञ्चालन गर्ने बिचौलियाबीच कसलाई गभर्नर नियुक्ति गर्ने भनेर हानथाप छः स्वर्णिम

फाइल फोटो


नेपालखबर
बैशाख २७, २०८२ शनिबार १७:७, नवलपरासी

राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले गभर्नर नियुक्तिमा अर्बौंको चलखेल भएको बताएका छन्।

पूर्वी नवलपरासीस्थित रजहरमा रहेको प्राकृतिक चिकित्सालयमा शनिबार सञ्चारकर्मीसँग बोल्दै उनले सरकारमा रहेका दुई ठूला दलबीच कुन पक्षका बिचौलियामार्फत गर्भनर नियुक्त गराउने भनेर होडबाजी सुरु भएको बताए।

सारा वित्तीय अनुशासन ध्वस्त पार्न कांग्रेस र एमाले कम्मर कसेर लागेको हुँदा बिचौलियाको इसारामा अक्षम गर्भनर ल्याउन उद्यत रहेको वाग्लेको भनाई थियो।

उनले भने, ‘दल सञ्चालन गर्ने बिचौलियाले कसलाई नियुक्ति गर्ने भनेर हानथाप छ। नियमअनुसार हुने हो भने राष्ट्र बैंकमै कार्यरत अर्थविद् गुणाखर भट्ट भइसक्थे। उनी अत्यन्त क्षमतावान् र काबिल अर्थशास्त्री हुन्। उनलाई फालेर अर्थतन्त्रमा ज्ञान नै नभएकालाई गर्भनर नियुक्त गर्ने भन्ने कुरा आइसक्यो।’

मुख्य नेताकै सेटिङमा अख्तियार, प्रहरी र कर्मचारी र अदालत पनि ध्वस्त बनेको उनको भनाई थियो।

उनले भ्रष्टाचारबाट कमाएको सम्पत्ति कहिल्यै छानबिन नहोस् भनेर केपी ओली र शेरबहादुर देउवाले सत्ता छोड्नै नचाहेको आरोप पनि लगाए।

उनले भने, ‘देउवा र ओलीले कहिल्यै किन सत्ता छाड्दैनन् भने भ्रष्टीकरण गरेर कमाएको अकूत सम्पत्तिको छानबिन हुनै नसकोस् भनेर हो।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad