ग्लोबल


पाकिस्तानका सूचनामन्त्रीको आरोप: युद्ध हामीले होइन, भारतले भड्काएको हो

पाकिस्तानका सूचनामन्त्रीको आरोप: युद्ध हामीले होइन, भारतले भड्काएको हो

पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरार


नेपालखबर
बैशाख २७, २०८२ शनिबार १७:१४, काठमाडौँ

पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारले युद्ध आफ्नो देशले नभई भारतले भड्काएको आरोप लगाएका छन्। 

साथै उनले पाकिस्तानलाई जवाफ दिने पूरा हक भएको पनि बताएका छन्। 

उनले बीबीसीसँग भनेका छन्, ‘यो (युद्ध) पाकिस्तानले भड्काएको होइन र पाकिस्तानलाई जवाफ दिने अधिकार छ। देशको सेनालाई आक्रामकताको जवाफ दिने पूर्ण अधिकार छ।’

रिपोर्टअनुसार जम्मु सहरको रेहारी कोलोनीमा भएको आक्रमणमा धेरै घर तथा सवारीसाधनमा क्षति पुगेको स्थानीयले बताएका छन्।

यद्यपि, पाकिस्तानी सूचनामन्त्री तरारले नागरिकलाई आक्रमणको निशाना नबनाइएको दाबी गरेका छन्।

यसबारे प्रश्नको जवाफमा उनले भने, ‘पाकिस्तानले केवल सैन्य अड्डाहरूलाई मात्र निशाना बनाएको छ।’

यता भारतले पनि पाकिस्तानलाई जवाफ दिइरहेको बताएको छ।

भारतका विदेश सचिव विक्रम मिश्रीले भनेका छन्, ‘पाकिस्तानका गतिविधि निरन्तर उत्तेजक छन्। भारतले यी उत्तेजक कार्यहरूको जवाफ दिएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad