राजनीति


नेता होइन, जनताको सोचमा परिवर्तन हुनुपर्छः सभामुख घिमिरे

नेता होइन, जनताको सोचमा परिवर्तन हुनुपर्छः सभामुख घिमिरे

नेपालखबर
बैशाख २७, २०८२ शनिबार १६:४१, काठमाडौँ

सभामुख देवराज घिमिरेले नेता परिवर्तन गर्ने नभइ जनताको सोचमा परिवर्तन हुन जरुरी रहेको बताएका छन्।

शनिबार सिंहदरबारमा पूर्व सांसद मञ्चले आयोजना गरेको नेपालको वर्तमान अवस्थाः चुनौति र समाधान विषयक एक दिने अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

सभामुख घिमिरेले यथार्थ के हो भन्ने बारे नेपाली जनताहरुले हेर्ने काम कम भइरहेको बताए।

उनले कसैले बनाएको एउटा धारणालाई सही र गलत नछुट्याइ अघि बढ्ने परिपाटी विकसित भइरहेकोप्रति चिन्ता व्यक्त गरे।

सभामुख घिमिरेले यथार्थलाई बुझ्ने, बुझाउने र त्यसलाई लिएर अगाडि बढ्ने मानसिकता कम हुँदै गएको बताए। जनताको सोचमा  परिवर्तन आउनुपर्ने समय आएको उनको भनाई थियो।

जनताको सोच व्यवहारमा परिवर्तन हुन नसक्दा र कुप्रचारले महत्व पाएकोले सही विषय पनि गलत देखिन थालेको उनले बताए। नेताको परिवर्तन प्रणालीले नै गरिरहेको पनि सभामुख घिमिरेले दाबी गरे।

सभामुख घिमिरेले भने, ‘जनताको सोच किन परिवर्तन हुँदैन? व्यवहारमा परिवर्तन नदेखेपछि हुँदैन। कुप्रचारले महत्व पाइसकेपछि सही कुरा पनि हराएर जान्छ। सही कुराको विकास हुँदैन। आज जनताले सबैकुरा नकारात्मक मात्रै देखिरहँदा वा जनताको बीचमा त्यो प्रचार भइरहँदा त्यो यथार्थ हो की होइन भन्ने छ। नेता परिवर्तन त प्रणालीले नै गर्दछ। आवधिक निर्वाचनले गर्दछ।’

सभामुख घिमिरेले अहिले राजनीतिमा अस्थिरता रहेको बताए। देशमा बढिरहेको प्रणाली बिरुद्धको अभियानलाई जनताले निगरानीका साथ हेर्नुपर्ने र सजगताका साथ व्यवहार गर्नुपर्ने आवश्यकता रहेको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad