सरकारले सगरमाथा संवाद तोकिएको समयमै हुने बताएको छ।
छिमेकी मुलुक भारत र पाकिस्तानबीचको युद्धका कारण सगरमाथा संवाद प्रभावित हुनसक्ने आशंका भइरहेको समयमा वन तथा वातावरण मन्त्रालयका सहसचिव एवं सगरमाथा संवादको सचिवस्तरीय कमिटीका सदस्य-सचिव महेश्वर ढकालले तोकिएकै समयमा कार्यक्रम सम्पन्न हुने दाबी गरेका हुन्।
उनले छिमेकमा उत्पन्न विशेष परिस्थितिका कारण कार्यक्रम आयोजना गर्न सकिने वा नसकिने भन्नेबारे कुनैपनि छलफल नभएको स्पष्ट पारे। बैठकमा अहिलेसम्मको कार्यप्रगति समीक्षा गरिएको उनको भनाइ छ।
24
Shares

प्रतिक्रिया