दाउन्ने सडक खण्डको १३ किलोमिटरको दूरी पार गर्न हरेक दिन यात्रुहरूले सास्ती बेहोर्नु परेको छ।
दायाँ बायाँतर्फ बिस्तार हुँदै गरेको सडकका कारण यात्रा गर्ने यात्रुहरूले सास्ती बेहोर्दै आएका छन्। पानी परेको बेला १३ किलोमिटर दूरी छिचोल्न १० घण्टासम्म लाग्न थालेपछि अहिले रातिको समयमा सवारी साधनहरूलाई रोकेर विस्तारका काम भइरहेका छन्।
रातिको समयमा सडक अवरुद्ध गरेर निर्माणका काम गर्ने गरिएको भएपनि अझै कामले भने गति लिएको देखिँदैन।
सवारी साधन बन्द गरेर सडक विस्तार गर्नका लागि गृह मन्त्रालयमा अनुमति लिएपछि अहिले रातिको समयमा काम भइरहेको सडक निर्माण आयोजनाले जनाएको छ।
आगामी असारसम्म यस खण्डको धेरै काम सम्पन्न गर्ने गरी काम भइरहेको नारायणघाट–बुटवल सडक विस्तार आयोजनाले जनाएको छ। हाल दैनिकजसो सडक अवरुद्ध हुँदा यात्रुहरूले सास्ती भोग्दै आएका छन्।















Shares

प्रतिक्रिया