राजनीति


नीति तथा कार्यक्रममा विदेश जाने जनशक्ति रोक्ने कार्यक्रम आएन : दीपक गिरी

नीति तथा कार्यक्रममा विदेश जाने जनशक्ति रोक्ने कार्यक्रम आएन : दीपक गिरी

फाइल तस्बिर


नेपालखबर
बैशाख २६, २०८२ शुक्रबार १४:२७, काठमाडौँ

नेपाली का‌ग्रेस सांसद दीपक गिरीले नीति तथा कार्यक्रममा विदेश जाने युवाको लर्कोलाई रोक्नसक्ने कार्यक्रम नसमेटिएकोमा असन्तुष्टि व्यक्त गरेका छन्।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै सांसद गिरीले विगतलाई सम्झने हो भने सत्ता पक्षीय सांसदको हैसियतमा ‘स्मल इज ब्युटिफुल’ भनेपनि वर्तमान अवस्थामा भने अलिकति नराम्रो नराम्रो हो कि भन्ने लाग्न थालेको बताए। 

सांसद गिरीले नीति तथा कार्यक्रममा स्पष्ट रुपमा प्रश्तुत भएका कुराहरु बदल्न सकिन्छ त भन्दै प्रश्न गरे। त्यसैले नीति तथा कार्यक्रममा प्रस्तुत नभएका कुरा चर्चाको रुपमा बलियो ढंगले आएकाले अब परम्परागत शैलीलाई परिवर्तन गर्दा नै राम्रो हुने बताए। 

‘गत साल पनि यसरी नै नीति तथा कार्यक्रममा यसैगरी आफ्ना भनाइ राखेको थिएँ, म सरकारसँग केही गहकिला कुरा राख्न चाहन्छु,’ गिरीले भने, ‘सरकारले दिएको नीति तथा कार्यक्रम एउटा सत्तापक्षको सांसदको हैसियतमा ‘स्मल इज व्युटिफूल’ भन्न सकिन्छ। तर, त्यसलाई गहिरो गरि अध्ययन गर्ने हो र विगतलाई सम्झने हो भने ‘स्मल इज व्युटिफुल’ अलिकति नराम्रो नराम्रो हो कि भन्ने लाग्छ।’ 

उनले थपे, ‘यहाँ नीति तथा कार्यक्रम प्रस्तुत गर्ने हाम्रो परम्परागत शैली छ, त्यही शैली मुताविक सम्माननीय राष्ट्रपतिज्यूले १५५ बुँदामा सम्बोधन गर्नुभएको छ। प्रायजसो बुँदाको पछाडि यसो गरिनेछ, उसो गरिनेछ प्रायः गरिनेछ। गणतन्त्र भनेपनि गणतन्त्र अघि भनेपनि भूमी चक्लाबन्दी गरिनेछ, त्यो आइरहन्छ। नेपाल सरकारले सुकुम्वासीलाई व्यवस्था गर्नेछ। गरिनेछ, गरिनेछ, गरिनेछ भन्ने हुन्छ यो स्मल इज ब्युटिफुलमा। नीति तथा कार्यक्रम सम्बोधनपछि जति बोलेपनि यस्तो भए राम्रो हुन्थ्यो, उस्तो भए राम्रो हुन्थ्यो भन्दाखेरि परिवर्तनपनि हुँदैन भन्ने सुन्छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad