राजनीति


मन्त्रीहरूप्रति गोकुलको गुनासो– फोन गर्दा फोन उठ्दैन, जाँदा मान्छे हुँदैन

मन्त्रीहरूप्रति गोकुलको गुनासो– फोन गर्दा फोन उठ्दैन, जाँदा मान्छे हुँदैन

फाइल तस्बिर


नेपालखबर
बैशाख २६, २०८२ शुक्रबार १३:५४, काठमाडौँ

सत्तारुढ नेकपा एमालेका सांसद गोकुल बास्कोटाले सरकारका मन्त्रीहरुप्रति गुनासो गरेका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले मन्त्रीहरुले फोन पनि नउठाउने र भेट्न जाँदा भेट पनि नहुने गरेको गुनासो गरे। 

‘मन्त्री हुने साथीहरुसँग दुखेसो पनि छ, तपाईंहरु अन्तिम पटक मन्त्री भएको हो कि फर्केर आएपछि सांसदहरुकै लहरमा बस्नुहुन्छ?,’ बास्कोटाले भने, ‘सत्तापक्ष भए पनि म चाहिँ त्यति गुनासो राख्न सक्छु।’

उनले थपे, ‘कतिको दैलोमा भेटै हुँदैन। फोन गर्दा फोन उठ्दैन। जाँदा मान्छे हुँदैन। कहाँ खोज्न जाने टुक्की बालेर?’

नीति तथा कार्यक्रम र बजेट बनाउँदा क्षेत्र नभइ देशलाई सोचेर बनाउन समेत बास्कोटाले सुझाव दिए। ‘बजेट, नीति कार्यक्रममा देशलाई सोचेर गर्नुहोस् है, क्षेत्रलाई सोचेर नर्गुहोस्,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad