समाज


इजरायली अधिकारी भन्छन्: ‘विपिन जोशी जीवित रहेको संकेत पाइएन’

इजरायली अधिकारी भन्छन्: ‘विपिन जोशी जीवित रहेको संकेत पाइएन’

फाइल तस्बिर: विपिन जोशी


नेपालखबर
बैशाख २६, २०८२ शुक्रबार १४:३, काठमाडौँ

हमासले बन्धक बनाएको भनिएका नेपाली विपिन जोशी रिहा हुनेमा आफन्त अझै आशावादी रहेका बेला निराशाजनक खबर सार्वजनिक भएको छ। 

यस विषयमा जानकार एक इजरायल अधिकारीले उनी ‘जीवित रहेको कुनै संकेत नपाइएको’ बताएका हुन्। 

द टाइम्स अफ इजरायलमा प्रकाशित समाचारमा ती अधिकारीले भनेका छन्, 'युद्ध सुरु भएको केही समयपछिदेखि ३ जना बन्धक जीवित भएको कुनै संकेत प्राप्त भएको छैन। त्यसमा एक जना इजरायली र दुई विदेशी नागरिक छन्।'

ती अधिकारीका अनुसार ती दुई विदेशी नागरिकमा एक जना नेपालका विपिन जोशी र अर्का थाइल्यान्डका पिन्टा नट्टापोङ हुन्।

तर उनीहरूलाई अहिलेसम्म आधिकारिक रूपमा मृत घोषणा भने नगरिएको समाचारमा उल्लेख छ। 

बुधबार मात्र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले २१ जना बन्धक जीवित रहेको र अन्य ३ जना बन्धकको ‘भाग्यमा शंका रहेको’ बताएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad