राजनीति


भारत–पाकिस्तान तनावले नेपालीहरूको सुरक्षामा पर्ने प्रभावको व्यवस्थापन गर्न सभामुखको रुलिङ

भारत–पाकिस्तान तनावले नेपालीहरूको सुरक्षामा पर्ने प्रभावको व्यवस्थापन गर्न सभामुखको रुलिङ

फाइल तस्बिर


नेपालखबर
बैशाख २६, २०८२ शुक्रबार १३:३९, काठमाडौँ

सभामुख देवराज घिमिरेले भारत र पाकिस्तानबीच सुरु भएको तनावले त्यहाँ बस्ने नेपालीहरूको सुरक्षा लगायतमा पर्ने प्रभावको व्यवस्थापन गर्न सरकारलाई रुलिङ गरेका छन्। 

शुक्रबार प्रतिनिधिसभाको बैठकमा सभामुख घिमिरेले रुलिङ गर्दै भने, ‘भारत पाकिस्तानको सिर्जित अवस्था र त्यहाँ बस्ने नेपालीहरूको सुरक्षा लगायतमा पर्न सक्ने सम्भावित समस्याप्रति आवश्यक व्यवस्थापन गर्न गराउन नेपाल सरकारको म ध्यानाकर्षण गराउँछु।’

आजको बैठकमा भारत-पाकिस्तान तनावबारे बोल्दै धेरै सांसदले रुलिङको माग गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad