आज शुक्रबार बुढानीलकण्ठमा बसेको सत्तारुढ नेपाली कांग्रेसको पदाधिकारी बैठकले प्रमुख रूपमा पाँच विषयमा छलफल गरेको छ।
बैठकपछि कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेपालखबरसँग कुरा गर्दै टीआरसी, विद्यलाय शिक्षा विधेयक, संवैधानिक निकाय तथा सरकार, पार्टीका भ्रातृ स्रगठन, गभर्नर नियुक्ति र भारत-पाकिस्तान द्वन्द्वका विषयमा छलफल गरिएको जाकारी दिएका हुन्।
बैठकमा उनले संक्रमणकालीन न्यायसम्बन्धी आयोगमा निष्पक्ष मानिस नियुक्त गर्ने विषयमा छलफल भएको बताए।
‘टीआरसी चाँडै टुंगो लगाउन पर्यो, पक्षगत मानिसभन्दा पनि निष्पक्ष काम गर्ने मान्छे राख्नपर्यो’, उनले भने, ‘खासगरी माओवादीले केही प्रश्न उठाइरहेको छ, त्यसलाई हुनेसम्मका कुरा सम्बोधन गरेर चाँडो टुंगो लगाउनुपर्न भन्ने निर्णय भयो।’
यस्तै उनले विद्यालय शिक्षा विधेयक पनि चाँडै टुंगोमा पुर्याउनुपर्ने विषयमा पनि छलफल भएको डा. महतले जानकारी दिए।
‘शिक्षा विधेयक पनि चाँडो टुंगो लगाउनपर्यो। निजी स्कुल पनि बन्द गर्न भएन। बरु त्यसलाई नियमन गर्ने कुरा हुन्छ। नाफामुखी हुन नदिने, शिक्षकका सेवा सुविधा विधेयकमा व्यवस्था गर्ने कुरा गर्नुपर्छ।’
यसैगरी उनले संवैधानिक निकायमा पदपूर्ति तथा सरकारका काम/कारबाहीलाई चुस्तदुरुस्त बनाउने विषयमा पनि कांग्रेस पदाधिकारी बैठकमा कुरा भएको बताए।
यसैगरी राष्ट्र बैंकको गभर्नर नियुक्ति विषयमा पनि छलफल भएको उनले बताए।
उनले भने, ‘गभर्नर नियुक्तिमा विषयमा समझदारी भइसकेको छ अब यसलाई चाँडो टुंगो लगाउनपर्छ भन्ने कुरा गर्यौँ।’
साथै भारत र पाकिस्तान द्वन्द्वका विषयमा पनि कांग्रेस पदाधिकारी बैठकमा छलफल भएको छ।
‘भारत र पाकिस्तानबीच जुन अवस्था छ, हामी सबै खालका आतंकवादका विरुद्धमा छौँ’, उनले भने।
यसैगरी आजको पदाधिकारी बैठकमा पार्टीका भ्रातृ संगठनका विषयमा पनि छलफल भएको जानकारी प्रवक्ता महतले दिए।
‘पार्टीका भ्रातृ संगठन व्यवस्थापनका विषयमा पार्टीको कार्य सम्पादन समितिको बैठक चाँडै राखेर छलफल गर्ने कुरा पनि भएको छ’, उनले भन।
Shares

प्रतिक्रिया