राजनीति


कांग्रेस बैठकमा देउवाको ब्रिफिङ– गभर्नर नियुक्तिको समस्यालाई छिट्टै पार लगाउँछौँ

कांग्रेस बैठकमा देउवाको ब्रिफिङ– गभर्नर नियुक्तिको समस्यालाई छिट्टै पार लगाउँछौँ

फाइल तस्बिर


नेपालखबर
बैशाख २६, २०८२ शुक्रबार १२:१७, काठमाडौँ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल  राष्ट्र बैंकको गभर्नर नियुक्तिमा प्राविधिक समस्या देखिएको भन्दै त्यसलाई छिट्टै पार लगाउन बताएका छन्।

शुक्रबार बुढानीलकण्ठमा बसेको नेपाली कांग्रेसको पदाधिकारी बैठकमा यसबारे प्रधानमन्त्रीसँग समेत कुरा भइसकेको भनेर जानकारी दिएकाे एक पदाधिकारीले नेपालखबरलाई बताए।

‘गनर्भनरका विषयमा प्राविधिक समस्याका कारणले लम्बिएको छ, हामी बीचमा एउटा सहमति भइसकेको छ,’ देउवाको भनाइ उद्धृत गर्दै ती पदाधिकारीले भने, ‘हामी छिट्टै यसलाई पार लगाउँछौँ भनेर सभापतिले भन्नुभयो। प्रधानमन्त्रीसँग कुरा भइसकेको छ भन्ने जानकारी गराउनुभयो।’

केही दिनअघिको एक सार्वजनिक कार्यक्रममा पनि उनले राष्ट्र बैंकभित्रकै समस्याका कारण गभर्नर नियुक्त हुन नसकेको बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad