राजनीति


भारत र पाकिस्तानबीच युद्धको स्थिति सिर्जना भएको छ, चाँडै शान्ति बहाल होस्: कांग्रेस

भारत र पाकिस्तानबीच युद्धको स्थिति सिर्जना भएको छ, चाँडै शान्ति बहाल होस्: कांग्रेस

नेपालखबर
बैशाख २६, २०८२ शुक्रबार १३:४, काठमाडौँ

सत्तारुढ दल नेपाली कांग्रेसले आफू कुनै पनि किसिमका आतंकवादविरुद्धका पक्षमा रहेको बताएको छ। 

शुक्रबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकपछि पार्टीका प्रवक्ता डा. प्राकशशरण महतले कांग्रेस आतंकवादको विरुद्धमा रहेको बताएका हुन्।

उनले भारत र पाकिस्तानबीच जारी द्वन्द्वका क्रममा निहत्था नागरिकविरुद्ध भइरहेको आक्रमणको निन्दा गरेको बताए। 

उनले कांग्रेसले आतंकवादविरुद्ध हुने कारबाहीलाई कांग्रेसले जायज ठान्ने पनि बताए। 

साथै पाकिस्तान र भारतबीच चाँडै शान्ति कायम होस् भन्ने पक्षमा कांग्रेस रहेको धारणा राखे। 

‘सँगै भारत र पाकिस्तानको बीचमा जुन द्वन्द्व चर्किएको छ। त्यसअघि भारतको पहलगाममा जुन आतंकवादी आक्रमण भयो। लक्षित किसिमबाट निहत्था नागरिकहरूमाथि आक्रमण भएर मारिए। त्यसको नेपाली कांग्रेसले कडा शब्दमा निन्दा पनि गरेका छौँ, उनले भने, ‘पछिल्लो समयमा पनि यो जुन परिस्थिति छ, हामी जहिले पनि आतंकवादको खिलापमा छौँ। आतंकवादको खिलापमा हुने कारबाहीलाई हामी जायज ठान्छौँ।’

कांग्रेस प्रवक्ता महतले अहिले भारत र पाकिस्तानबीच युद्धको स्थिति भएको बताउँदै चाँडै शान्ति बहाल होस् भन्ने कामना पनि गरे। 

‘आतंकवादलाई कसैले पनि प्रश्रय नदिओस् भन्ने पक्षमा छौँ । युद्धको स्थिति सिर्जना भएको छ, आतंकवादी अखडामाथि आक्रमण भएपछि पाकिस्तानको तर्फबाट पनि जवाफी आक्रमण भएको छ। सैनिक अड्डाहरूमा पनि आक्रमण भएको छ’, उनले भने, ‘यो फुलस्केल युद्धका रूपमा परिणत नहोस्। शान्ति चाँडै बहाल होस्, भन्ने हामी चाहन्छौँ। हामी आतंकवादको खिलापमा छौँ। आतंकवादलाई निरुत्साहित गर्नेतर्फ हामी छौँ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad