नेकपा एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवरले भारत र पाकिस्तानबीचको द्वन्द्वले पर्ने असरबारे सतर्कता अपनाउन सरकारलाई आग्रह गरेका छन्।
शुक्रबार प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्दै उनले दुई छिमेकी मुलुकबीचको तनावले आयातमा पार्ने असरबारे पनि समयमै ध्यान पुर्याउन आग्रह गरे।
‘भारत र पाकिस्तानको द्वन्द्वले आइपर्ने समस्याबाट हामीले सर्तकता अपनाउनैपर्छ,’ कुँवरले भने, ‘लाखौँ लाख नेपाली भारतका विभिन्न ठाउँमा बसिरहनुभएको छ। हजारौँ विद्यार्थी त्यहाँ अध्ययनरत छन्। उनीहरूको समस्या र सम्भावित घटनाबाट आयातमा पर्ने असरलाई समयमै ध्यान दिनुपर्छ।’
54
Shares

प्रतिक्रिया