राजनीति


भाजपा नेता कोश्यारीले भेटे प्रचण्ड

भाजपा नेता कोश्यारीले भेटे प्रचण्ड

नेपालखबर
बैशाख २५, २०८२ बिहिबार १७:५१, काठमाडौँ

भारतीय सत्तारुढ पार्टी भाजपाका नेता भगत सिंह कोश्यारीले प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन्।

उनले बिहीबार प्रचण्ड निवास खुमलटार पुगेर भेटघाट गरेका हुन्। मंगलबार राती ललितपुरको एक रिसोर्टको शौचालयमा लडेर घाइते भएयता प्रचण्डको यो पहिलो सार्वजनिक भेटघाट हो।

भारतको महाराष्ट्र  राज्यका पूर्वराज्यपाल रहेका कोश्यारी नेपालसम्बन्धी जानकार नेता मानिन्छन्। उनी नेपाल-भारत सीमा लगायत सम्पूर्ण विषयमा सुझाव दिन गठित नेपाल भारत प्रबुद्ध व्यक्ति समूह(ईपीजी)को भारतका संयोजक थिए।

कोश्यारी उत्तराखण्डका पूर्वमुख्यमन्त्री समेत हुन्।

केही दिनअघि मात्रै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूत बनेर भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपाल आएका थिए। उनले प्रचण्डसहित २ दर्जन भन्दाबढी नेपाली नेताहरुसँग भेट गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad