राजनीति


ओली-देउवाबीच सिंहदरबारमा भेट, छलफलको विषय यस्तो

ओली-देउवाबीच सिंहदरबारमा भेट, छलफलको विषय यस्तो

फाइल तस्बिर


नेपालखबर
बैशाख २२, २०८२ सोमबार १९:२२, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सिंहदरबारमा छलफल भएको छ।

सोमबार अपराह्नतिर भएको भेटमा दुई नेताहरुबीच संक्रमणकालीन न्यायका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो। 

‘संक्रमणकालीन न्यायका बारेमा उहाँहरुबीच छलफल भएको हो,’ सचिवालयले भन्यो, ‘हिजो प्रचण्डसँग पनि प्रधानमन्त्रीज्यूले छलफल गर्नु भएको थियो। द्वन्द्वपीडितसँग पनि हिजो नै छलफल भएको थियो।’

आजको छलफलमा गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्रीका मानवअधिकार तथा संक्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार अग्नि खरेल पनि सहभागी थिए।

प्रधानमन्त्री ओलीले यसबारे हिजो प्रमुख प्रतिपक्षी नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेका थिए। 

संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोग सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी नियुक्ति गर्ने तयारी भइरहेको छ।

पूर्वप्रधानन्यायधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा रहेको सिफारिस समितिले दुई आयोगका पदाधिकारीका लागि ३५ जनाको नाम सिफारिस गरेको छ। 

मुख्य तीन दलबीच आयोगका पदाधिकारीमा भागबन्डा मिलिनसकेका कारण सिफारिस भएका नामबाट नियुक्ति हुन सकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad