राजनीति


महामन्त्री धवलशम्सेरसहित १८३ नेताले छोडे राप्रपा

महामन्त्री धवलशम्सेरसहित १८३ नेताले छोडे राप्रपा

राप्रपा छोडेको घोषणा कार्यक्रममा बोल्दै डा. धवलशम्सेर राणा। तस्बिरहरू: सरोज शाही/नेपालखबर


सरोज शाही
जेठ २१, २०८३ बिहिबार १४:५, काठमाडौँ

महामन्त्री डा. धवलशम्सेर राणासहित १८३ जना नेताले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छोडेका छन्। 

बिहीबार काठमाडौँमा कार्यक्रम गरी उनीहरूले संयुक्त रुपमा राप्रपा परित्याग गरेको घोषणा गरेका हुन्। पहिलो चरणमा डा. राणासहित उपाध्यक्ष मुकुन्दश्याम गिरी, पूर्वमन्त्री दिलनाथ गिरी, नेता केवशराज श्रेष्ठ, कार्य सम्पादन समितिका सदस्य नारायणप्रसाद कोइरालाले राप्रपा छोडेको घोषणा गरेका छन्। 

बिहीबार काठमाडौँमा उपलब्ध पदाधिकारी, केन्द्रीय सदस्य, जिल्ला नेतृत्व, जनवर्गीय संगठनका पदाधिकारीलगायतले राप्रपा छोडेका हुन्। अर्को चरणमा थप नेताले राप्रपा छोड्ने जनाइएको छ। 

डा. राणा नयाँ पार्टी गठनको तयारीमा जुटेका छन्। आज राप्रपा छोडेका नेताहरू डा. राणाको नेतृत्वमा नयाँ पार्टीमा जाने भएका छन्। 

राप्रपा छोडेको घोषणा गरेका नेताहरू: 


प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad