राजनीति


दुई तिहाइ अहङ्कारको बेलुन फुटिसक्यो : प्रचण्ड

दुई तिहाइ अहङ्कारको बेलुन फुटिसक्यो : प्रचण्ड

नेपालखबर
बैशाख २२, २०८२ सोमबार १४:५५, काठमाडौँ

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले दुई तिहाइ सरकारको अहङ्कारको बेलुन फुटिसकेको टिप्पणी गरेका छन्।

प्रतिनिधि सभामा सोमबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल गर्न बसेको बैठकमा भाग लिँदै उनले यस्तो टिप्पणी गरेका हुन्। 

अध्यक्ष दाहालले सरकारले महिना दिन बितिसक्दा पनि नेपाल राष्ट्र बैङ्कमा गभर्नर नियुक्त गर्न नसकेको भन्दै आफूले दुई तिहाइको अहङ्कारको बेलुन फुटिसकेको देखेको टिप्पणी गरे। उनले सरकार बनेको दश महिना पुग्दा पनि सुध्रिन नचाहेको बताए।

दाहालले वर्तमान सरकार सरकार सुध्रिनको लागि गठन नभएको र एउटा निश्चित वर्गको स्वार्थको लागि बनेको आरोप लगाए।

उनले सरकार सञ्चालन संयन्त्रका सदस्यहरूले बिचौलियाहरू प्रधानमन्त्रीको शयन कक्षसम्मै पुग्छन् भन्ने दिएको अभिव्यक्तिले सरकार निश्चित वर्गको स्वार्थको बनेको पुष्टि हुने धारणा राखे। 

उनले हरेक नियुक्ति र निर्णयहरूमा स्वार्थी समूह हाबी भएको बताउँदै जनताले सेवा प्रवाह सहज रूपमा पाउन नसेको बताए।   

उनले भने, ‘यो दश महिनामा सरकार सुध्रिएन। सरकार सुध्रिन चाहेन। किनभने सरकार सुध्रिनको लागि गठन भएको नै थिएन। एउटा निश्चित वर्गको स्वार्थको लागि बनेको थियो। मैले त्यति बेला यो भनिरहेका सत्ता बहिर्गमनको छटपटी भनेर टिप्पणी पनि गरियो। तर अहिले त्यो तपाईंहरूको भाष्य बनिसकेको छ। सरकार सञ्चालनका संयन्त्रका सदस्यहरूले समेत प्रधानमन्त्रीको बेड रुमसम्मै को पुग्छन् भन्ने सार्वजनिक गरेबाट यो कुरा प्रस्ट भएको छ।’

अध्यक्ष दाहालले सरकार बनेको १० महिना बितिसक्दा पनि लोकका अगाडि गरिएको ७ बुँदे सहमति कार्यान्वयनतर्फ कसैको ध्यान नगएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad