राजनीति


राष्ट्रियसभाका सांसदको माग: केआईआईटीमा विद्यार्थी पठाउन बन्द गरौँ

राष्ट्रियसभाका सांसदको माग: केआईआईटीमा विद्यार्थी पठाउन बन्द गरौँ

नेपालखबर
बैशाख २१, २०८२ आइतबार १३:५१, काठमाडौँ

राष्ट्रियसभाका सांसदले भारतको उडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलजी (केआईआईटी) मा विद्यार्थी पठाउन बन्द गर्नुपर्ने माग गरेका छन्। साथै उनीहरुले त्यहाँ जान चाहने विद्यार्थीलाई ‘नो अब्जेक्सन लेटर (एनओसी)  दिन नहुनेमा पनि जोड दिएका छन्।

राष्ट्रियसभाको आजको बैठकको आकस्मिक समयमा उनीहरुले केआईआईटीमा विद्यार्थी असुरक्षित भएका, एकपछि अर्को छात्राको शृङ्खलाबद्ध मृत्युले विद्यार्थीको सुरक्षाको प्रत्याभूति नभएको भन्दै एनओसी रोक्न सरकारको ध्यानाकर्षण गराएका हुन्।

 राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले सरकारले उक्त कलेजका लागि एनओसी दिने प्रक्रिया रोक्नुपर्ने बताए।

 नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सांसद मदनकुमारी साहले  केआईआईटीका लागि एनओसी रोक्न माग गर्दै  अभिभावकलाई पनि सचेत हुन आग्रह गरिन्।

जनता समाजवादी पार्टीका मोहम्मद खालिद, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका शेखरकुमार सिंह र नेपाली कांग्रेसका कृष्णबहादुर रोकायले केआईआईटीमा नेपाली विद्यार्थीको मृत्युबारे छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारले  निरन्तर पहल गर्नुपर्नेमा जाेड दिए। 
    
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)की गङ्गाकुमारी बेल्वासे र नेपाल कम्युनिष्ट पार्टी एमालेका सुमित्रा विसीले पनि घटनाको छानबिन र दोषीमाथि कारबाहीको माग गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad