राजनीति


कांग्रेस बैठकमा तीन सांसदले भने– कान्छारामलाई प्रधानमन्त्रीले त्यसरी बर्खास्त गर्नु राम्रो भएन

कांग्रेस बैठकमा तीन सांसदले भने– कान्छारामलाई प्रधानमन्त्रीले त्यसरी बर्खास्त गर्नु राम्रो भएन

नेपालखबर
बैशाख २०, २०८२ शनिबार २२:४, काठमाडौँ

नेपाली कांग्रेसको बैठककमा ऊर्जा, जलस्रोत तथा सिंचाई राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई प्रधानमन्त्री केपी शर्मा ओलीले बर्खास्त गरेको बारे प्रश्न उठेको छ। 

शनिबार बानेश्वरमा बसेको संसदीय दलको बैठकमा नेपाली कांग्रेसका तीन सांसदहरुले यसबारे प्रश्न उठाएका थिए। सांसदहरु डिगबहादुर लिम्बु, सञ्जय गौतम र शंकर भण्डारीले प्रधानमन्त्रीले यसरी बर्खास्त गर्नु ठिक नभएको धारणा राखेका थिए।

‘राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई पार्टीले फिर्ता बोलाउनुपर्दथ्यो,’ बैठकमा राखेको धारणा सुनाउँदै लिम्बुले नेपालखबरसँग भने, ‘पार्टीले पठाएको हो, गल्ती गरेको भए पार्टीले फिर्ता बोलाउन सकिहाल्छ। तर, प्रधानमन्त्रीले बर्खास्त गरेको भन्ने कुरा के हो भन्ने जिज्ञासा राखेको थिएँ।’

उनले थपे, ‘पार्टीले पठाएको, पार्टीले फिर्ता गरेको भए राम्रो हुन्थ्यो भन्ने हो। सांसद हो, मर्यादा त राख्नुपर्‍यो नि।’ सांसदहरुले यसबारे जिज्ञासा राखे पनि सभापति शेरबहादुर देउवाले भने बैठकमा यसबारे कुनै जवाफ दिएनन्।


ऊर्जा, जलस्रोत तथा सिंचाई राज्यमन्त्री तामाङलाई प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख १० गते बर्खास्त गरेका थिए। त्यतिबेला कांग्रेस सभापति देउवा भने आफ्नो निजी भ्रमणका क्रममा थाइल्यान्ड थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad