नेपाली कांग्रेस पाँचथरका एक नेताले पार्टी छाडेका छन्।
कांग्रेसका पाँचथर जिल्ला सहसचिव गजेन्द्र राईले पार्टी परित्याग गरेका हुन्।
उनले सामाजिक सञ्जालमा भिडियो सन्देश जारी गर्दै कांग्रेसको साधारण सदस्यतासमते त्यागेको जानकारी दिएका छन्।
उनी हर्क साम्पाङ नेतृतवको श्रम शक्ति पार्टीमा प्रवेश गर्ने तयारीमा छन्।
यही जेठ–२३ गते पाँचथरको जेभालेमा हुने सभामा उनलाई हर्क साम्पाङले पार्टी प्रवेश गराउने कार्यक्रम छ।
राई पार्टीको १४औँ महाधिवेशनबाट पाँचथरको सहसचिव निर्वाचित भएका थिए। उनी कांग्रेस सभापति गगन थापा पक्षका रुपमा चिनिन्थे।
306
Shares

प्रतिक्रिया