कला


गायक सोनु निगमविरुद्ध प्रहरीमा जाहेरी

गायक सोनु निगमविरुद्ध प्रहरीमा जाहेरी

नेपालखबर
बैशाख २०, २०८२ शनिबार २२:२५, काठमाडौँ

गायक सोनु निगमविरुद्ध बेंगलुरु प्रहरीले एफआईआर (जाहेरी) दर्ता गरेको छ।

कन्नड गीत गाउने मागलाई पहलगाम आक्रमणसँग तुलना गरेकामा उनीविरुद्ध यो एफआईआर दायर गरिएको हो।

कन्नड रक्षा वेदिका (केआरभी) नामको कन्नड संगठनले सोनु निगमविरुद्ध प्रहरीमा जाहेरी दिएको हो।

जाहेरीमा ‘गायक (सोनु निगम) ले यसलाई आतंकवादी हमलासँग तुलना गरेर कन्नड भाषी मानिसहरूको भावनामा चोट पुर्‍याएका छन्। यसले कर्नाटकका विभिन्न भाषिक समुदाबीच घृणा बढाएको मात्र छैन, हिंसाको सम्भावना पनि सिर्जना गरेको छ।’

गत हप्ता एक निजी कलेज क्याम्पसमा आयोजित संगीत कन्सर्टमा गीत गाउँदा सोनु निगमलाई केही युवाले कन्नड भाषामा गीत गाउन अनुरोध गरेका थिए।

जाहेरीमा भनिएको छ, ‘जवाफमा उनले पहलगाममा भएको घटनाको कारण यही हो। कृपया हेर्नुहोस् तपाईंको अगाडि को उभिरहेको छ। म तपाईंहरूलाई माया गर्छु।’

केआरभीले निगमको भनाइ "आपत्तिजनक, विभाजनकारी र साम्प्रदायिक सद्‌भावका लागि हानिकारक" भएको आरोप लगाएको छ।

तर सामाजिक सञ्जाल प्लेटफर्ममा पोस्ट गरिएको स्पष्टीकरणमा निगमले भनेका छन्, ‘तपाईं उनीहरूलाई गीत गाउनका लागि धम्क्याउने अनुमति दिन सक्नुहुन्न। तर जो मानिसहरूलाई उक्साउँछन्, उनीहरूलाई त्यही बेला रोक्नु अति आवश्यक छ।’

‘यदि कसैले प्रेमको भूमिमा घृणाको बिउ छरिरहेको छ भने उसलाई रोक्नुपर्छ।’

यसअघि निगमले भनेका थिए, ‘मैले मेरो जीवनका उत्कृष्ट गीतहरू कन्नड भाषामा गाएँ। जब म कर्नाटकमा प्रस्तुतिको लागि आउँछु, म धेरै सम्मानका साथ आउँछु किनभने तपाईंले मलाई परिवारजस्तै स्वीकार गर्नुभएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad