नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टितेलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर रु १० का दरले घटाएको छ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै निगमले पनि इन्धनको मूल्य घटाएको हो। घटेको मूल्य आज राति १२ः०० बजेदेखि लागू हुनेछ।
निगमले डिजेल तथा मट्टीतेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर रु ८५ र पेट्रोलको बिक्री मूल्य प्रतिलिटर रु ९६ तोकेको छ। हवाई इन्धन (आन्तरिक उडानतर्फ) प्रतिलिटर रु १५ ले मूल्य समायोजन गरिएको छ। निगमले आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर रु ७५ तोकेको छ।
यस्तै बाह्य उडानतर्फ हवाई इन्धनको मूल्य ०.९५ अमेरिकी डलर तोकिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए। एलपी ग्यासको मूल्य हाललाई यथावत राखिएको छ। रासस

3
Shares

प्रतिक्रिया