नेपाल सरकार मन्त्रिपरिषद्ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम पारित गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए।
सरकारले शुक्रबार (वैशाख १९ गते) नीति तथा कार्यक्रम ल्याउँदै छ।
शुक्रबार दिउँसो ३ बजे संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गरी नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ।
यस्तै बैठकले गभर्नर सिफारिस समितिको रिक्त सदस्यमा महाप्रसाद अधिकारीलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ। अधिकारी गत चैत २४ गते मात्र गभर्नर पदको कार्यकाल सकेर बिदा भएका हुन्। यसअघिका सदस्य विजयनाथ भट्टराईले राजीनामा दिएपछि सरकारले अधिकारीलाई समितिको सदस्यमा नियुक्त गरेको हो।
भिडिओ:
यसैगरी बैठकले नेपाल शिक्षक महासंघसँग भएको ९ बुँदे सहमति कार्यान्वयन गर्ने निर्णय पनि गरेको छ। सरकारको यस निर्णयसँगै विगत २९ दिनदेखि आन्दोलनरत शिक्षकहरू सडक छाडेर कार्यथलो फर्किने भएका छन्।
Shares

प्रतिक्रिया