प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तराई मधेश जागरण अभियानको क्रममा अहिले कञ्चनपुरमा छन्।
मंगलबार बेलुका कैलाली हुँदै कञ्चनपुरको पुनर्वास नगरपालिका प्रवेश गरेका प्रचण्डलाई भव्य स्वागत गरिएको थियो।
पुनर्वास नगरपालिका २ को मोतीबस्तीमा प्रचण्डसहितका माओवादी शीर्ष नेता गएराति बास बसे।
मोतीबस्तीमा उनीहरु बुधबार बिहानै मर्निङ वाकमा निस्किए। सहिद परिवारसँग भेटघाट, विभिन्न उद्घाटनमा सहभागी हुँदै प्रचण्डसहितको माओवादी टोली बेलौरी, बेलडाँडी, बेदकोट हुँदै दिउँसो महेन्द्रनगर पुग्ने कार्यक्रम छ।
महेन्द्रनगरमा हुने सभालाई सम्बोधन गर्दै अभियान समापन गर्ने माओवादीको कार्यतालिका छ।
267
Shares

प्रतिक्रिया