समाज


मध्यराति गाडी सडकबाट ६० मिटर तल खस्दा १ को मृत्यु, ६ जना घाइते

मध्यराति गाडी सडकबाट ६० मिटर तल खस्दा १ को मृत्यु, ६ जना घाइते

नेपालखबर
बैशाख १७, २०८२ बुधबार ८:२२, कञ्चनपुर

डोटीमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। 

गएराति साढे ११ बजे जोरायल गाउँपालिका २ मेल खोलामा सुदूरपश्चिम प्रदेश ०२ ००१ ज ०५६७  नम्बरको हाइस आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार मृत्यु हुनेमा बैतडीको डिलाशैनी गाउँपालिका ४ घर भएका ४५ वर्षीय हर्कबहादुर नेगी रहेका छन्। 

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारको लागि मायामेट्रो अस्पताल धनगढी लगिएको थियो। अस्पताल पुर्याउनासाथ चिकित्कसकले मृत घोषणा गरेका हुन्। 

दुर्घटनामा घाइते भएका चालकसहित ६ जनाको मायामेट्रो अस्पताल धनगढीमै उपचार भइरहेको छ। 

गाडी सडकबाट अन्दाजी ६० मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण खुलको छैन।  धनगढीबाट बैतडीको पुर्चौडी तर्फ जाँदै गरेको अवस्थामा गाडी दुर्घटनामा परेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad