पूर्वप्रधानमन्त्री एवं नेसपा (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराई र भारतका रक्षा मन्त्री राजनाथ सिंहबीच भेटवार्ता भएको छ।
भट्टराईको सचिवालयका अनुसार भेटका क्रममा नेपाल-भारत सम्बन्ध सुदृढ गर्दै बिकास र आर्थिक सहकार्यलाई नयाँ उचाइमा लैजाने विषयमा सकारात्मक संवाद भएको छ।
हालै भारतको कश्मीरस्थित पेहलगाममा सर्वसाधारणमाथि भएको आतंकवादी हमलाको भट्टराईले निन्दा गर्दै गहिरो दुःख व्यक्त गरेका थिए।
उनी प्रगतिशील नेपाली समाज समिति, भारतको अधिवेशन उद्घाटनको निम्ति शनिबार भारत गएका थिए।
195
Shares

प्रतिक्रिया